तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा मेयर र उपमेयरसहित बहुमत जनप्रतिनिधि नेपाली कांग्रेसका निर्वाचित भएका छन् ।
मेयर पदमा कांग्रेसका उम्मेदवार अर्जुन माबोहाङ ५ हजार १३९ मत प्राप्त गरी विजयी भएका हुन् । माबोहाङले प्रतिद्धन्द्वी नेकपा एकालेका उम्मेदवार गणेश सेनेलाई पराजित गरे । सेनेले ३ हजार ३४४ मात्र प्राप्त गरे ।
उपमेयर पदमा कांग्रेसकै जमुना मगर कार्की ४ हजार ८८७ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छवीमाया तिम्सिनाल ३ हजार ५९४ मत प्राप्त गरिन् ।
कांग्रेसले लालीगुराँस नगरपालिकाको २, ३, ४, ७, ८ र ९ नम्बर वडामा विजय हासील गरेको छ । त्यस्तै एमालेले १ र ६ नम्वर वडा र ५ नम्वर स्वतन्त्र उम्मेदवार महेन्द्र लिम्बु विजयी भएका छन् ।