ताप्लेजुङको मिक्वाखोला अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार भक्तबहादुर कार्की विजयी भएका छन् ।

कार्कीले २०२३ मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन् । उनले एमालेका दिवस लिम्बूलाई पराजित गरेका हुन् । लिम्बूले १९६४ मत पाएका छन् ।

गाउँपालिका उपाध्यक्षमा माओवादीका डण्डु शेर्पा लामा निर्वाचित भएका छन् । उनले २१७४ मत पाएर एमालेकी मिनाकुमारी केदेमलाई हराएका हुन् । मिनाकुमारीले १७४३ मत पाएकी छन् ।

पाँच वडा रहेको गाउँपालिकामा १ मा एमालेका रामकुमार लिम्बु, २ मा एमालेकै झरेन्द्र थापा, ३ मा एमालेका मच्छिन्द्र लिम्बु, ४ मा काँग्रेसका सदनकुमार साँवा र ५ मा माओवादीका ग्यान्जे शेर्पा निर्वाचित भएका छन् ।

जेष्ठ २, २०७९, साँझको ०७:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर