एमालेको अवरोधले मोरङको बुढीगंगामा मत गणना रोकियो

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा मतणना रोकिएको छ । बुढीगंगा गाउँपालिका ४ नं. वडामा पुनः मतगणना हुनुपर्ने माग राख्दै सोमबार ५ बजेदेखि मतगणाना रोकिएको हो ।

अहिले मतगणना स्थलबाहिर एमालेका कार्यकताहरुले नाराबाजी गर्दै आएका छन् । बुढीगंगा गाउँपालिको १, ४ र ७ नं। वडाको अन्तिम मत परिणाम सार्वजानिक भएको छ । १ र ४ मा काँग्रेस र ७ नं। वडामा एमालले जितेको छ । ४ नम्बर वडाको मत परिणालाई लिएर एमालले विवाद सुरु गरेको छ ।

आइतबार राती सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार बुढीगंगा ४ मा नेपाली काँग्रेसका उम्मेदवार शशि कान्त चौधरीले ११ मत अन्तरले वडाअध्यक्षमा जितेका थिए । चौधरीले ८१९ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवा सागर बराल ८०८ मत पाएका थिए । ४ नं. वडामा १३ मत हराएको भन्दै एमालले पुनः मतगणना हुनुपर्ने अडान राख्दै मतगणना स्थलबाहिर होहल्ला गरेपछि गणना रोकिएको छ ।

मतगणना स्थलबाहिर होहल्ला भएपछि गणना रोकिएको निर्वाचन अधिकृत मणिराम पोखरेलले बताए । अन्तिम मत परिणाम आइसकेको स्थानमा कुनै पनि हालमा पुनः गणना नहुने उनले बताए । ‘हामीले सबै दलका प्रतिनिधिहरूलाई राखेर गणना गरिएको हो,’ उनले भने, ‘अहिले आएर पुनः गणना गर्न सकिदैन ।’

गणनास्थलमा सहभागि भएका एक नताका अनुसार एमालको गाउँपालिकामा अग्रता घटन थालेपछि विवाद सुरु गरेको बताएका छन् । ‘आइतबार एमालले सात सय मतले अग्रता लिएको थियो । सोमबार आहिले त्यो अग्रता कायम हुन सकेन । अहिले अग्रता घटदै गएको छ,’ गणना स्थलमा सहभागि एक नेताले भने, ‘अध्यक्षमा हार्नसक्ने कारणले गर्दा अहिले विवाद झिकेको हो ।’

बढीगंगा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार वलभद्र सारदार थारुले ४ हजार ३९० मत ल्याएर आग्रता लिएका छन् । काँग्रेसका उम्मेदवार जित नारायण थापा मगर ३ हजार ९ सय ५३ मत ल्याएका छन् । माओवादी केन्द्रका उम्मेदवार इश्वरी प्रसाद आचार्य १ हजार १ सय ६ मत ल्याएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेस अमृता कुमारी गच्छदार ४ हजार १ सय ८४ मत ल्याए अगाडी छन् । एमालेकी उम्मदवार तुलसी कुमारी कुंवरले ३ हजार ७ सय ५३ मत र एकीकृत समाजवादीका माधव काजी घिमिरेले ६३९ मत ल्याएका छन् ।

जेष्ठ २, २०७९, साँझको ०७:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर