पाँचथरको फालेलुङ अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी, एमाले क्लिन स्विप

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका वीरबिक्रम थाम्सुहाङ र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका महेन्द्रहाङ जबेगु निर्वाचित भएका छन् ।

भर्खरै सम्पन्न अन्तिम मतगणनामा थाम्सुहाङले ५७७९ मत प्राप्त गरि नेकपा एमालेका जयप्रकाश केरुलाई पराजित गरेका हुन् । केरुङले २६२१ मत प्राप्त गरेका छन् ।

यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादीका जवेगु ५२१४ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका सुजाता वान्तवा राईले २८७५ मत प्राप्त गरिन् ।

काँग्रेस र माओवादीको गठबन्धन रहेको गाउँपालिकाको ८ वडामध्ये १ मा स्वतन्त्र उम्मेदवार टेकप्रसाद गुरागाई, २ मा माओवादीका तिलबहादुर खत्री, ३ मा काँग्रेसका शक्तिप्रसाद केरुङ, ४ मा माओवादीका सन्तबीर राई, ५ मा काँग्रेसरका भरतकुमार खपाङ्गी, ६ मा नेकपा एकीकृत समाजवादीका अमरबीर राई, ७ मा काँग्रेसका टेकबहादुर केरुङ र ८ मा माओवादीका श्रीहाङ केरुङ निर्वाचित भएका छन् ।

फालेलुङ गाउँपालिकामा नेकपा एमाले क्लिनस्वीप भएको छ । उसले कुनैपनि पदमा जित निकाल्न सकेन ।

जेष्ठ २, २०७९, साँझको ०६:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर