तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्षबाट राजिनामा दिएर वडासदस्यको उम्मेदवार भएका मानबहादुर लिम्बू पराजित भएका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा ३ हजार ८७४ मत ल्याएर नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका लिम्बू यस पटक भने वडा सदस्यमै पराजित भए ।
गाउँपालिका अध्यक्ष पदबाट राजीनामा जिल्ला समन्वय समितिको नेतृत्व लिनेगरि दिएर ७ नम्वर वडाको खुल्ला सदस्यमा उनी उम्मेदवार बनेका थिए । तर, नेकपा एकीकृत समाजवादीका नेता उनी ३३९ मत प्राप्त गरेर एमाले उम्मेदवारसँग पराजित भए । वडा सदस्यमा एमालेका हरिप्रसाद पराजुली ५८३ र कुमार कन्दङ्वा ५७१ मत प्राप्त गरि विजयी बने ।
नेकपा एमालेका जिल्ला सचिब रहिसकेका उनी एमालेको १०औं जिल्ला अधिवेशनमा लक्ष्मण तिवारीसँग अध्यक्ष पदमा पराजित भएपछि गाउँपालिका अध्यक्षको उम्मेदवार बनेर निर्वाचित भएका थिए । उनी एमाले विभाजनपछि नेकपा एसमा आबद्ध भएका थिए ।