योगेश भट्टराईको गृहपालिकामा माओवादी विजयी

योगेश भट्टराईको गृहपालिकामा माओवादी विजयी

ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेले जितेको मैवाखोलामा सत्ता गठबन्धनतर्फका माओवादी उम्मेदवार विजयप्रकाश वनेम विजयी भएका हुन् ।वनेमले २६०९ मत प्राप्त गरि विजयी बन्दा नेकपा एमालेका राजनकुमार थत्लुङले २०५२ मत प्राप्त गरे ।

गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार कमलकुमारी लिम्बू विजयी भएकी छिन् । उनले २५४१ मत ल्याउँदा प्रत्यासी एमालेकी कौशिला थक्लुङले २१०१ मत प्राप्त गरेकी छन् ।

वडाध्यक्षहरुमा १ मा माओवादीका चन्द्रकुमार तामाङ, २ मा नेकपा एकीकृत समाजवादीका नरेन्द्र लिम्बू, ३ मा काँग्रेसका खगेन्द्र थक्लुङ, ४ मा काँग्रेसका फुर्बा शेर्पा, ५ मा माओवादीका केशर लिम्बू र ६ मा एमालेका राजुमान लिम्बू निर्वाचित भएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्