इलामको सन्दकपुरमा कांग्रेस विजयी

इलामको सन्दकपुरमा कांग्रेस विजयी

इलाम । इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेले जितेको सन्दकपुरमा सत्ता गठबन्धनतर्फका कांग्रेस उम्मेदवार तुलाराम गुरुङ अध्यक्षमा विजयी भएका हुन् ।

गुरुङले ४ हजार २२३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उदयबहादुर राईले ३ हजार २५८ मत ल्याए ।

गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार हरिबहादुर लुंगेली विजयी भएका छन् । उनले ३ हजार ६३७ मत ल्याउँदा प्रत्यासी एमालेकी तुलसादेवी सेढाईंले २ हजार ९८६ मत ल्याइन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्