संखुवासभा खाँदबारीको मेयरमा कांग्रेस विजयी

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश थपलिया विजयी भएका छन् ।

थपलियाले ८ हजार ३४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जितबहादुर घिमिरेले ५ हजार ५८९ मत ल्याए ।

उपमेयरमा भने नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन् । उनले बज्राचार्यले ६ हजार ३८५ मत ल्याइ विजेता बन्दा नेकपा माओवादी केन्द्रका दिव्य बरालले ५ हजार १४७ मत ल्याए ।

२०७४ को निर्वाचनमा खाँदबारीको मेयर र उपमेयर नै नेकपा एमालेले जितेको थियो ।

जेष्ठ २, २०७९, दिउँसोको ०१:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर