भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका थामबहादुर राई विजयी भएका छन् ।
राईले ३०७७ मत ल्याएर विजय हाँसिल गर्दा उनका प्रतिष्पर्धी एमालेका बराम राईले २८५१ मत पाएका छन् ।
गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका वीरेन्द्र राई निर्वाचित भएका छन् । उनले ३५७७ मत पाएर जित्दा उनका प्रतिष्पर्धी एमालेकी कमलादेवी राईले २२१४ मत प्राप्त गरेकी थिइन् ।
माओवादी र काँग्रेससहितको गठबन्धन रहेको गाउँपालिका वडाहरुमध्ये १ मा माओवादीका जोगेन्द्र राई, २ मा स्वतन्त्रका राजकुमार तामाङ, ३ मा माओवादीका रामु थापा मगर, ४ मा माओवादीका बाबुकुमार राई, ५ मा एमालेका जगतबहादुर चौहान , ६ मा एमालेका एकराज आचार्य, ७ मा एमालेका मनकाजी राई र ८ मा एमालेकै बाजकुमार राई निर्वाचित भएका छन् ।