ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा गठबन्धनबाट नेपाली काँग्रसका युकहाङबिर हाङ्गाम अध्यक्षमा र नेकपा एकीकृत समाजवादीका दुर्गाप्रसाद चोङ्बाङ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
हाङ्गामले २८६९ मत प्राप्त गरि अध्यक्षमा जित निकालेका हुन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका केदारजंग लिम्बरुले २७७० मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा एकीकृत समाजवादीका चोङ्वाङले २५९८ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी एमालेको समर्थन प्राप्त स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पाले १६५७ मत प्राप्त गरे ।