तेह्रथुमको फेदापको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका केशवप्रसाद भेटवाल निर्वाचित भएका छन् ।

भेटवालले ४०४१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका हरिप्रसाद चोङ्बाङले ३८७९ मत प्राप्त गरे ।

यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सुनिता पाहिम लिम्बू निर्वाचित भएकी छन् । उनले ३९८५ मत प्राप्त गर्दा नेकपा एमालेकी गितादेवि थापाले ३७२५ मत प्राप्त गरिन् ।

नेकपा एमालेबाट पराजित भएकाहरु दुबै जना गाउँपालिका निवर्तमान अध्यक्ष र उपाध्यक्ष हुन् । गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।

जेष्ठ २, २०७९, बिहानको ०९:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर