धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमालेका राजकुमार लिम्बु ५०३८ मतका साथ निर्वाचित भएका छन्।
लिम्बूले नेकपा माओवादी केन्द्रका दलबहादुर मगरलाई पराजित गरेका हुन्। मगरले ३९९१ मत प्राप्त गरे।
ष्त्यस्तै उपाध्यक्षमा पनि एमालेकै टंकमाया पाङमी विजयी भएकी छिन्। उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी मंगलकुमार लिम्बुले ३९८८ मत प्राप्त गरिन्।
गाउँपालिकामा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच तालमेल भएको थियो। तर, तालमेलले गठबन्धनका उम्मेदवारलाई जित दिलाउन सकेन।