सोलुखुम्बुको थुलुङ दूधकोशीमा माओवादीका राई विजयी

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का असिम राई विजयी भएका छन् ।

माओवादी केन्द्रका राई ४०४९ मतका साथ निर्वाचित हुँदा नेपाली काँग्रेसका बीरबहादुर राईले ३५११ मत र नेकपा एमालेका आङबाबु राईले १६०१ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सविता राई विजयी भएकी छन् । उनी ३८०० मतसहित विजयी भएकी हुन् । उपाध्यक्षमा नेपाली कांग्रेसका एककुमारी बस्नेतले ३५२३ मत र एमालेकी एमालेकी कल्पना गिरीले १७४६ मत पाएकी छन् ।

गाउँपालिकाका ९ वडामध्ये ४ वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने ५ वटा वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

जेष्ठ १, २०७९, रातीको ०८:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर