काठमाडौं । नेपाली काँग्रेस, नेकपा एमाले र नेक्रबिक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई पछि पार्दै रोल्पाको थवाङमा माओवादी केन्द्रका उम्मेदवारले जित निकालेका छन् ।
थबाङ गाउँपलिका अध्यक्षमा माओवादीका ॠषिकेशव बुढा मगर र उपाध्यक्षमा सर्मिला बुढा मगर विजयी भएका हुन् ।
काँग्रेस, एमाले र बिप्लब समूहको गठबन्धनबाट अध्यक्षमा दलजित रोका र उपाध्यक्षमा रायबहादुर पुन उम्मेदवार बनेका थिए ।
अध्यक्षमा दर्जित रोका मगरलाई ६१६ मत अन्तरले पछि पार्दै बुढामगर अध्यक्षमा निर्वाचित भएका हुन् । बुढाले २१२२ मत पाउँदा रोकाको पक्षमा १५०६ मत आएको छ ।
यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी शर्मिला बुढामगर २ हजार १२२मत ल्याई विजयी भएकी छिन् । उनको निकटतम प्रतिस्पर्धी कांग्रेस–एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४८७ मत पाएका थिए ।
गाउँपालिकाको वडा नं.१, २, ३ र ५ मा नेकपा माओवादीले जितेको छ । १ मा हिराप्रसाद बुढामगर, २ मा अभिलाशा रोकामगर, ३ मा जनक बुढामगर र ५ मा गोवर्द्धन घर्तीमगरले विजय हासिल गरेका छन् । वडा नं. ४ मा भने नेकपा एमालेका हिक्मत घर्तीमगरले विजय हासिल गरेका छन् ।