पोखरामा कांग्रेसका बागी उम्मेदवार कार्कीले गरे गठबन्धनका उम्मेदवारलाई समर्थन

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले गठबन्धनको उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन ।

कार्कीले सोमबार विज्ञप्ति जारी गरी आफूले सत्तारुढ गठबन्धनको उम्मेदवारलाई समर्थन गरेको बताएका छन् ।

सत्तारुढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य उम्मेदवार छन् । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छिन् ।

कार्कीले स्थानीय तह निर्वाचनमा कांग्रेसले लिएको नीतिप्रति असहमति राख्दै आफूले उम्मेदवारी दर्ता गरेको र साथीहरुको सल्लाह र अग्रज नेताहरुको आग्रह अनुसार गठबन्धनका उम्मेदवारलाई सहयोग गरेको बताएका छन् । उनले मेयर पदमा आफ्नो उम्मेदवारी निष्क्रिय भएको पनि बताएका छन् ।

बैशाख २६, २०७९, साँझको ०७:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर