बुटवलमा सत्तारुढ गठबन्धनले चुनावी सभा गर्दै

विराटनगर । सत्तारुढ गठबन्धनले शनिवार बुटवलमा चुनावी सभा गर्ने भएको छ ।

बिहान ११ बजे बुटवलको देवीनगर चौपारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले सम्बोधन गर्ने गरी कार्यक्रमको तयारी गरिएको छ ।

५ दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवासहित पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल बलदेव, राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश प्रमुख बोमबहादुर खत्री, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदी लगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।

शनिबार, २४ बैशाख, २०७९, बिहानको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर