विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगरको सचिव पदबाट राजीनामा दिएर महानगरको उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेले चुनाव प्रचार अभियानलाई तीब्र बनाएकी छन् ।
मेयर र उपमेयर पदमा गठबन्धन गरेपनि उम्मेदवार र सम्बन्धित पार्टीले अन्य गठबन्धन दलहरुलाई पूर्ण बेवास्ता गरेपछि असन्तुष्ट भई पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएकी न्यौपानेले १९ वटै वार्डमा प्रचार सामग्र पु¥याएर प्रचार अभियान सुरु गरिसकेको बताइन् । ‘मेरो चुनाव प्रचार अभियान चारैतिर सुरु भइसकेको छ । मेरो उम्मेदवारीप्रति समर्थन गर्नेहरुले स्वतस्फूर्त रुपमा चुनाव प्रचार गरेर सहयोग गरिरहनुभएको छ,’ स्वतन्त्र उम्मेदवार न्यौपानेले भनिन् ‘ उपमेयर पदमा लालटिन चिन्हमा मतदान गर्न नगरबासीहरु उत्साहित भएको मैले पाएको छु ।’ उनले आफू निर्वाचित हुनेमा पूर्ण विश्वस्त रहेको पनि बताएकी छन् ।
विराटनगरमा ६ वटा सिटी सफारीबाट माइकिङ गरेर चुनाव प्रचारलाई तीब्र बनाएकी न्यौपानेले २७ गतेसम्ममा नगरका २ हजार व्यक्तिसँग प्रत्यक्ष भेटघाट गर्ने योजना बनाएर सबै वडामा पुगिरहेको बताइन् । त्यसबाहेक घरदैलो, टोल टोलमा भेला गर्ने र सहयोगी मार्फत मतदाता शिक्षा दिने काममा क्रियाशील रहेको उनले बताइन् ।

विद्यार्थी राजनीतिबाट आएकी नमितालाई विद्याथी युवाहरुले पनि सहयोग गरेका छन् । सामाजिक संघसंस्थाहरुमा आवद्ध भएकी उनलाई धेरै संघसंस्थाका प्रतिनिधिहरुले पनि अप्रत्यक्ष रुपमा सहयोग गर्दै उनको पक्षमा मत मागिरहेको बताइएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।