उम्मेदवारको मृत्युपछि पत्नीको उम्मेदवारी

केराबारी ।नेपाली कांग्रेसले मोरङको केराबारी २ का वडा सदस्यका उम्मेदवार नविन लिम्बूको हृदयघातका कारण वैशाख १६ गते मृत्यु भएपछि उनको स्थानमा उनकै श्रीमतिलाई उम्मेदवार बनाएको छ ।

चुनाबी अभियानबाट फर्केर घरमा सुतेको उनी अचानक विरामी भएपछि उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।
लिम्बूको पद रिक्त अवस्थामा रहेकोले निजको पदमा उनकी श्रीमती जैमाया लिम्बूलाई उम्मेदवार बनाउने निर्णय काँग्रेसले गरेको हो ।

लिम्बूको आइतबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएको कांग्रेसका केराबारी गाउँ सचिव भुवन खड्काले जानकारी दिए ।

सोमबार, १९ बैशाख, २०७९, बिहानको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर