विराटनगर । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेसका दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । एक जनाको भने उम्मेदवारी कायम रहेको छ ।
बागी उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिएका छन् भने विमल कार्कीले भने उम्मेदवारी कायम राखेका छन् ।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय शुक्रवार अपरान्ह ५ बजेसम्मको लागि तोकेको थियो ।
सापकोटा र तिवारीले भने आफूहरूले गठबन्धनको विरुद्धमा उम्मेदवारी दिए पनि अन्तिममा पार्टी अनुशासन मानेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
पोखरामा नेकपा एकीकृत समाजवादीको भागमा मेयर र कांग्रेसको भागमा उपमेयर परेको थियो ।