विराट व्यापार मेलाको सन्देश

 पुण्य पी अधिकारी

प्रदेश राजधानी विराटनगरमा चैत १८ गतेदेखि सुरूआत भएको विराट व्यापार मेलाले एक साताको अवधिमा १५ करोड रुपियाँ बराबरको आर्थिक कारोबार गरेको सूचना मेला आयोजकबाट आएको छ । अघिल्लो वर्ष कोभिड–१९ महामारीका कारण विराटनगरमा व्यापार मेला हुन सकेको थिएन । यस पटकको मेलालाई आकर्षित बनाउन मोरङ व्यापार सङ्घका अध्यक्ष नविन रिजाल र मेला संयोजक विकास बेगवानीको चार्तुयता र सकारात्मक उर्जाले मेलालाई विशेष बनाएको अनुभव व्यापार मेलामा सहभागीले पक्कै गरे होलान् भन्न सकिन्छ ।

मेलामा आकर्षण थप्न र बढी भन्दा बढी उपभोक्तालाई मेलासम्म डो¥याउनका लागि सेल्फीमैत्री संरचना बनाउने सोचलाई सबैले सलाम गर्नै पर्छ । विराट व्यापार मेलाका लागि ३ करोड रुपियाँ खर्च भएको आयोजकको सूचनालाई आधार मान्ने हो भने एक साताको अवधिमा करिब १५ करोडको कारोबार हुनु र १ लाख ८० हजार भन्दा बढीले मेला अवलोकन गर्नुले विराट व्यापार मेलाको गरिमालाई एउटा उचाइमा पु¥याएको छ ।

मेलामा राखिएका सेल्फीमैत्री संरचना र प्रत्येक दिन राष्ट्रियस्तरका कलाकारबाट हुने प्रस्तुतिले मेलामा बढी भन्दा बढीलाई आकर्षित गरेको छ । रमपम मुख्य प्रायोजक रहेको मेलालाई सभ्य र भव्य रूपले सम्पन्न गर्नका लागि मेला आयोजकसहित अरू ब्राण्डले कर्पोरेट हाउसले गरेको सहयोग एवम् सद्भावले विराटनगरवासीलाई एउटा पहिचान प्रदान गरेको छ । मेलामा सबै उमेर समूहका व्यक्तिहरूको आकर्षणले मेला आयोजकलाई हौसला प्रदान गरेको भन्ने मेरो बुझाइ छ ।

यद्यपि विराट व्यापार मेलाको भव्य मौकामा प्रदेश १, सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले मेला परिसरमा डिजिटल बोर्डमार्फत प्रदेशमा भएका पर्यटकीय क्षेत्रहरूको सूचना प्रवाह गरेको भए आन्तरिक तथा बाह्य पर्यटनमा टेवा पक्कै पुग्ने थियो । प्रदेश १ मा रहेका पर्यटकीय क्षेत्र सगरमाथासहित गुराँसको राजधानी टिएमजे क्षेत्रमा यतिबेला वन नै रातै हुने गरी फुलेका लालीगुराँसको आकर्षणलाई डिजिटल बोर्डमार्फत मेलामा आएकाहरूलाई प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको बारेमा सूचना दिए सकेको भए आन्तरिक पर्यटन बढ्नेमा सायदै कसैको विमति होला ।

विराट व्यापार मेलाले स्थापित कर्पोरेट हाउस वा भर्खर सुरूआत गरेका साना तथा लघु उद्योगलाई पहिचानका लागि एउटा महत्वपूर्ण स्पेश दिएको छ । मेला आयोजकले बालबालिका लक्षित खेल सामग्रीलाई महत्व दिएका कारण मेला युवा पुस्ता लक्षित मात्र हुन्न भन्ने सकारात्मक सन्देश समाजमा प्रवाह गरेको छ । विराट व्यापार मेलाले आगामी दुई दिनमा आयोजकको लक्ष्य अनुसारको आर्थिक कारोबार होला नहोला त्यो भन्न सकिन्न तर, मोरङ व्यापार सङ्घले कोभिड–१९ को महामारीका कारण घरायसी भएको अर्थतन्त्रलाई विराट व्यापार मेलामार्फत् व्यूत्याँउन खोजेको प्रयासलाई भने सबैलाई सम्मान गर्नै पर्छ । “एक थुकी सुकी हजार थुकी नदी” भने झै मेला आयोजकलाई आगामी दिनमा थप हौसला एवम् प्रेरणा दिनका लागि हामी सबैले आयोजकलाई साथ दिनु आवश्यक छ । मोरङ व्यापार सङ्घले आयोजना गरेको विराट व्यापार मेलाले विराटनगर सबै क्षेत्रमा अब्बल छ, भन्ने बलियो प्रमाण पेश गरेको छ ।

Supported only between 1944-2022