विराटनगर । संखुवासभामा १५ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनाप्रति प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दुःख व्यक्त गरेका छन् ।
मुख्यमन्त्री राईले आजसाँझ प्रेस वक्तव्य जारी गर्दै घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् । ‘मिति २०७८ फागुन २६ गते बिहीबार प्रदेश नंं. १ को संखुवासभा जिल्ला मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको घटनाले स्तब्ध भएको छु,’ वक्तव्यमा भनिएको छ, ‘उक्त दुर्घटनामा १४ जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा गरी जम्मा १५ जनको निधन भएको छ । यस दुःखद घटनामा दिवगंत हुनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । त्यस्तै घटनामा घाइते हुनु भएकाहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।