लोड हुँदैछ...

मेनु

महानायक राजेश हमालले भने, ‘काठमाडौंको मेयर बन्नुपर्छ कि क्य हो ?’

महानायक राजेश हमालले भने, ‘काठमाडौंको मेयर बन्नुपर्छ कि क्य हो ?’

विराटनगर । कलाकार राजेश हमालले काठमाडौं महानगरको सौन्दर्यीकरणमा कसैको ध्यान पु्ग्न नसकेको बताएका छन् । बुधबार राजेश हमाल अफिसियल नामक युट्युब च्यानलमा पोस्ट गरिएको ‘अ डे विथ राजेश हमाल’ शीर्षको भ्लगको ट्रेलरमा हमालले नेताहरूले भाषण गरे पनि व्यवहारमा उतार्न नसकेको बताएका हुन् ।

सहरलाई व्यवस्थित बनाउन कसैको ध्यान नपुगेको उल्लेख गर्दै उनले भनेका छन्, ‘सहरलाई ब्युटिफाई गर्ने कुरामा कसैको ध्यान गएन । भाषणमा चाहिँ भनिरहेका हुन्छन् । प्राक्टिकल्ली सोच नपुगेर हो कि ढंग नपुगेर हो कि ?’ त्यस्तै हमालले भिडियोमा भनेका छन्, ‘एकचोटि काठमाडौं सहरको मेयर बन्नु पो पर्छ कि क्या हो !’

सरकारले आउँदो वैशाख ३० गते एकैचरणमा स्थानीय तहको चुनाव घोषणा गरिसकेको छ । त्यसैअनुसार निर्वाचन आयोगले मतपत्र छपाईलगायतका काम अगाडि बढाइसकेको छ ।

चुनाव नजिकिँदै गर्दा विभिन्न व्यक्तिले आफूलाई उम्मेदवारका रूपमा उभ्याएका छन् । यसअघि र्‍यापर बालेन शाहले काठमाडौंको मेयरमा उठ्ने घोषणा गरिसकेका छन् । ३१ वर्षीय शाह स्ट्रकचरल इन्जिनियरसमेत हुन् । फेसबुकमार्फत उम्मेदवारी घोषणा गर्दै उनले भनेका थिए, ‘बाटोको धुलो हटाएर खुसी हुन्छ कि खाल्डो पुरिदिएर खुसी हुन्छ कि ? मानिसको मनोवैज्ञानिक खुसीका लागि म मेयरका लागि लड्दैछु ।’

-कान्तिपुरबाट साभार

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।