विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः)ले नेपाल भाष तथा सांस्कृतिक क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि क्रियाशील ‘सिक्किम नेवा गुठी’लाई सम्मान गर्ने भएको छ ।
संघले फागुन १३ गते शुक्रबार विराटनगरमा विशेष कार्यक्रम आयोजना गरी सुदर्शन कपिला सिरपाबाट सम्मान गर्न लागेको हो ।
मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यतामा सिक्कम नेवा गुठीलाई २ लाख रुपैयाँ राशीसहित सम्मान गर्न लागिएको सुदर्शन कपिला सिरपा ट्रष्ट, झी पुचःका अध्यक्ष हरिबहादुर श्रेष्ठ र महासचिव सुरेशलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

