काठमाडौं । परराष्ट्र मन्त्रालयले युक्रेन भ्रमण स्थगित गरेको छ । मन्त्रालयले आज एक विज्ञप्तिमार्फत अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न अनुरोध गरेको छ । त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको छ ।

हाल युक्रेनमा ३८ नेपाली रहेको जानकारी आएको नेपाली राजदूतावास बर्लिनलाई उद्धृत गर्दै मन्त्रालयले जनाएको छ । उनीहरू सबै सकुशल रहेको पनि मन्त्रालयले जनाएको छ । युक्रेनमा रहेका नेपाली नागरिकहरूले आवश्यक परेमा नेपाली राजदूतावास बर्लिनलाई सम्पर्क गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ ।