काठमाडौं । अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा चिनियाँ नागरिक सहित ३७ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले मध्यबानेश्वर क्षेत्रबाट गए राति उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । पक्राउ परेकाहरुको थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीले जानकारी दिए ।