विराटनगर । खोटाङमा आगलागीबाट घर जलेर नष्ट भएपछि एक परिवारको बिचल्ली भएको छ।
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी (पाथीभरा) का डम्बरबहादुर राईको घर शुक्रवार आगोले जलेर नष्ट भएको थियो।
भान्छाका रुपमा प्रयोग हुँदै आएको कटेरोबाट सुरु भएको आगोले घर र घरमा भएका सबैथोक जल्दा राईको आठ जनाको परिवारको बिचल्ली भएको चिसापानीका कार्यवाहक वडाध्यक्ष धनकुमार राईले बताए।
राई परिवार अहिले रेडक्रसले उपलब्ध गराएको त्रिपाल टाँगेर बसेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।