विराटनगर । विराटनगरका विकास अधिकारी भए लायन्स डिस्ट्रीक ३२५ सि को सेकेन्ड भाइस डिस्ट्रीक गभर्नरमा निर्वाचित भएका छन् ।

विराटनगरमा शनिबार सम्पन्न लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ ए १ को १० औ डिस्ट्रिक कन्भेन्सनबाट नयाँ डिस्ट्रीक ३२५ सि को सेकेन्ड भाइस डिस्ट्रीक गभर्नरमा अधिकारी निर्वाचित भएका हुन् ।

डिस्ट्रीक गभर्नरमा धरानका धिरज गुरुङ तथा फस्ट भाइस गभर्नरमा इटहरीका नरनाथ सापकोटा विजयी भएका छन् । नयाँ डिस्ट्रीक भएसँगै स्थायीत्व र विदेशबाट प्रोजेक्ट ल्याउने काममा धेरै ध्यान दिने नवनिर्वाचित सेकेन्ड भाइस गभर्नर अधिकारीले बताए । अधिकारी निर्वाचित भएसँगै उनलाई सामाजिक संजालमा बधाइको ओइरो लागेको छ ।