विराटनगर । सुनसरीको धरानमा गए राती आगलागी हुँदा ३० लाख बराबारको क्षति भएको छ । धरान ११ सुनौलो मार्गकी शान्ति तामाङको घरमा आगलागी भएको ईलाका प्रहरी कार्यलय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले जानकारी दिए ।

उनका अुसार घरमा कोही पनि नभएको बेला गए राति ८ बजेतिर आगलागी भएको हो । घरधनी शान्ति तामाङ सहित सबै छिमेकीको बिहेमा गएको बेला घरमा आगलागी भएको बताइएको छ । काठ र जस्ताले बनेको एक तले घर आगलागीले पुर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट अन्नपात, भाडा वर्तन सहित पुर्णरुपमा घर नै ध्वस्त हुने गरी आगलागी भएकोले ३० लाख रुपैयाँ बरावरको क्षति भएको प्रहरीले बताएको छ । आगलागी विद्युत सर्ट भएर भएको प्रहरी अनुसन्धानले देखाएको छ । धरान उपमहानगरपालिकाको २ वटा दमकल र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको थियो ।