विराटनगर । मोरङको बेलबारीकी एक महिलालाई माथि भएको सामूहिक बलात्कार मुद्दामा पक्राउ परेका तीन जना प्रतिवादीलाई मोरङ अदालतले पुर्पक्षको थुनमा राख्न आदेश दिएको छ । मोरङ अदालतका न्यायाधीश शीसीरराज ढकाललको इजाललश पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेका हुन् ।

अदालतको आदेशपछि बेलबारी घर भएकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका सुन्दरहरैँचा नगरपालिका–४ का ३५ वर्षीय अर्जुन भनिने हिमकुमार श्रेष्ठ, उनका भाइ २५ वर्षीय सुरज र झापाको मेचीनगर नगरपालिका–३ का २७ वर्षीय रामबहादुर नेपाली भनिने सुधान्सु दर्जी पुर्पक्षको लागि जेल चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अदालतको आदेशपछि तीन जना प्रतिवादी थुनमा मोरङ कारागार चलान भएको उनले बताए ।

गत माघ ७ गते मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित बलियाको श्रेष्ठ होटल एन्ड फेमिली लजमा एकजना महिलामाथि पक्राउ परेका तीनै जनाले पालैपालो बलात्कार गरेको आरोप छ । रातभर होटलमा राखेर उनीहरुले ती महिलालाई बलात्कार गरेको भोलीपल्ट घटना बाहिर आएको थियो ।

सुनसरीको इटहरीबाट बहिनीको घर फर्कदै गरेकी महिलालाई नियन्त्रणमा लिएर होटल पु¥याउँदै रातभर कोठामा बन्धक बनाएर सामूहिक बलात्कार गरिएको थियो । बाहिनीको घर जाने बाटो बिर्सिएपछि सोधीखोजी गर्ने क्रममा गछियानजिकबाट प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर होटल पु¥याएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

होटल सञ्चालक अर्जुन मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी हुन् । उनीविरुद्धको मुद्दा सुनसरी अदातलमा विचाराधीन छ । फरार भनिएका अर्जुनले भने बूढीखोलाबाट डेढ किलोमिटरपूर्व बलियामा होटल सञ्चालन गर्दै आएका थिए ।