लोड हुँदैछ...

मेनु

सुनसरीको जंगलमा झोलाभित्र मानिसको शरीर पनि भेटियो, पहिचान हुन बाँकी

सुनसरीको जंगलमा झोलाभित्र मानिसको शरीर पनि भेटियो, पहिचान हुन बाँकी

विराटनगर । सुनसरीमा पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर पनि भेटिएको छ। बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले शंकास्पद झोला भेटिएपछि अनुसन्धान भइरहेको बताए । झोलामा मानिसको शरीरको केही भाग जस्तो देखिएपछि जाँचका लागि फरेन्सिक टोली खटाएको उनले बताए ।

धरान उपमहानगरपालिका-४ मा पर्ने धरान-भेडेटार रोडको जंगलमा बुधबार दाउरा खोज्न जानेले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

३०-३५ वर्षको जस्तो देखिने पुरुषको टाउको,खुट्टा र शरिर भेटिए पनि पहिचान नभएको प्रहरी उपरीक्षक थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।