विराटनगर । समाजवादी प्रेस संगठन प्रदेश १ को अध्यक्षमा बन्धु पोखरेल चयन भएका छन् ।

विराटनगरमा बुधबार भएको समाजवादी प्रेस संगठन नेपाल प्रदेश १ को पहिलो भेलाले उध्यक्षमा राजेन्द्र पोखरेल, ज्ञानु घिमिरे, सचिव भोला श्रेष्ठ, सहसचिव राजकुमार दाहाल, राजकुमार खात, सुखिलाल चौधरी, कोषाध्यक्ष रंगीता गजमेर रहेका छन् । सदस्यहरू अनिता भट्टराई, जय राई, शान्तिराम नेपाल, पप्पु यादव, मुस्ताक आलम स्वर्णिमहाङ फोम्बो, किशोर उपरकोटी, रविन्द्र चौधरी, खेम दाहाल रहेका छन् ।

मोरङको अध्यक्षमा ध्रुव भट्टराई रहेका छन् । यस्तै उपाध्यक्षमा सन्तोष राजवंशी, सचिव उत्तम पोखरेल रहेका छन् । सहसचिवमा मिलन अधिकारी, कोषाध्यक्ष छविराज ढकाल, कोषाध्यक्ष विमला रेग्मी रहेका छन् । सदस्यहरूमा टिकाप्रसाद गौतम, प्रदीप काफ्ले, कविता कोइराला, यसोदा कार्कीलगायत रहेका छन् ।