लोड हुँदैछ...

मेनु

छोराको स्मृतिमा पाँच लाख धनराशीको ‘उत्कृष्ठ प्रहरी पुरस्कार’ अक्षयकोष स्थापना

छोराको स्मृतिमा पाँच लाख धनराशीको ‘उत्कृष्ठ प्रहरी पुरस्कार’ अक्षयकोष स्थापना

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्री बिक्रम थापा (गोदार), उनकी श्रीमती बिमला थापा र छोरी बेनिजा थापाद्वारा ५ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन् ।

सवारी दुर्घटनामा परी दिवंगत भएका स्व. बिप्लव थापा (गोदार) को स्मृतिमा उनका परिवारजनले ‘बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार’ कोषको स्थापना गरेका हुन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा आज दाता परिवारले उक्त कोषको रकम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.लाई हस्तान्तरण गरेका छन् । पुरस्कार १ नम्बर प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनीकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने प्रहरी जवानदेखि वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जा सम्मको एक जना प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष २५ हजार रुपैयाँसहित सम्मान गरिनेछ ।

यस्ता क्षेत्रमा अहोरात्र खटिने प्रहरी कर्मचारीको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले अक्षयकोष स्थापना गरेको कोषका संस्थापक थापाले बताए । उक्त पुरस्कार २०७९ सालको असोज मसान्तमा मनाउने ६७ औं प्रहरी दिवसबाट सुरुवात गरिने गरी सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।