लोड हुँदैछ...

मेनु

प्राङ्‍क भिडिओ बनाउने झापाका युट्युबर पक्राउ

प्राङ्‍क भिडिओ बनाउने झापाका युट्युबर पक्राउ

विराटनगर । सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्राङ्क) को नाममा सर्वसाधारणको भिडिओ बनाउँदै हिँडेको आरोपमा प्रहरीले झापा घर भएका एक युट्युबरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका-४ का २७ वर्षीय आकाश सेढाईं रहेको प्रहरीले जनाएको छ।

भक्तपुर कौशलटार बस्दै आएका सेढाईंलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको आरोपमा हिजो पक्राउ गरिएको साइबर ब्युरो भोटाहिटीले जनाएको छ।

उनले प्राङ्कको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरान पार्ने र दिग्दारी दिनेजस्ता क्रियाकलाप गरी त्यस्तो भिडिओ युट्युब च्यानलमा राख्ने गरेको पाइएको साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए।

प्राङ्कको नाममा सर्वसाधारणलाई दुस्ख दिने गरिएको गुनासो आएपछि केही समयअघि गृह मन्त्रालयले त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको थियो।
उनmे ‘नेपाली प्राङ्स्टर्स’नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।