विराटनगर । खोटाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।आज हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानको ऐसेलुखर्कबाट हलेसी जाँदै गरेको स १ त ७७३३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा हलेसी १० अर्खौैले नवलपुरका १४ वर्षीय चालक शेखर मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
ट्र्याक्टर अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सागर शाहले बताए ।दुर्घटनामा ट्र्याक्टर धनी हलेसी ७ महादेवस्थानको ऐसेलुखर्कका ३२ वर्षीय नगेन्द्र राई घाइते भएका छन् ।उनलाई हलेसीमा प्राथमिक उपचार गराएपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

