काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले क्रिप्टो तथा भर्चुअल नेटवर्किङमा संलग्न नहुन सर्वसाधरणलाई आग्रह गरेको छ ।
सिआईबीले एक सार्वजनिक सुचना जारी गर्दै हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार नेपालमा गैरकानुनी भएकोले सहभागी नहुन र भएकाहरुको सुचना भए सिआईबीलाई उपलब्ध गराउन आग्रह गरेको छ ।

‘हाइपरफन्ड , डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न नहुन आग्रह गर्छौं, गैरकानुनी क्रियाकलापमा संलग्न भए गरेको पाइए कडाइका साथ कानुनी प्रक्रिया अघि बढाइने छ,’ केन्द्रीय अनुसन्धान ब्युरोले सर्वसाधरणलाई भनेको छ ।

हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न भए गरेको पाइए कसुरको बिगो जफत गरी तीन गुणासम्म जरिबाना वा तीन वर्ष सम्मको कैद सजाय हुने पनि ब्युरोले स्मरण गराएको छ ।