विराटनगर । मौसममा सुधार आएसँगै ताप्लेजुङमा अवस्थित सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ ।
भारी हिमपात र प्रतिकूल मौसमका कारण यो विमानस्थलमा दुई हप्तादेखि हवाई उडान हुन सकेको थिएन ।
मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बुले जानकारी दिए।
विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो ।
निगमले यो विमानस्थल हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार ताप्लेजुङ -काठमाडौं उडान भर्दै आएको छ ।

