काठमाडौं । महाअभियोग दर्तापछी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर (राणा )ले विधि र प्रक्रियामार्फत आफूविरुद्धमहा अभियोग ल्याएकोमा आफू खुसी नै रहेको प्रतिक्रिया दिएका छन् । पत्रकारसँग कुरा गर्दै उनले भने, ‘म विधि र प्रक्रिया मान्ने मान्छे छु । संवैधानिक नियुक्ति हो मेरो । संविधान बमोजिम सार्वभौम संसद्लाई महाअभियोगबारे अधिकार छ । त्यो अधिकार वहाँहरूले प्रयोग गर्नु भएको हो । यसमा त म खुसी नै छु ।’

आधार पुष्टि गर्ने कुरा पछिको कुरा भएको बताउँदै उनले थपे, ‘मैले सुरुदेखि नै विधि र प्रक्रियाबाट जानुपर्छ भन्दै आएको हुँ । हामी विधि र प्रक्रियाबाट स्थापना भएका पदाधिकारी हौँ । त्यो भन्दाबाहेक गर्दा राम्रो हुँदैन भनेको थिएँ । मेरो दायित्व र कर्तव्य संवैधानिक हो । त्यसलाई पालना गर्न म सधैँभर तत्पर छु ।’