लोड हुँदैछ...

मेनु

इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफल

इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफल

विराटनगर। इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफल भएको छ। बुधबार नेपाल एयरलाइन्सको ट्वीनअटर विमानबाट गरिएको परीक्षण उडान सफल भएको हो ।

नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार जहाज बिहान १० बजे विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

काठमाडौंबाट ५५ मिनेटको उडानमा जहाज इलाम पुगेको हो ।

यो विमानस्थलमा तारा एयरले १२ वटा उडान गर्ने गरी जिम्मेवारी लिइसकेको छ । इलाम नगरपालिकासँगको सहकार्यमा ताराले जहाज उडाउने भएको छ ।

इलामका लागि नियमित उडानको भाडा काठमाडौंबाट ८ हजा ७ सय रुपैयाँ तोकिएको छ ।पहाडी इलाकामा निर्मित यो सबैभन्दा कान्छो विमानस्थल हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।