विराटनगर । मोरङको बेलवारी नगरपालिका–१ सिनेमा हल अगाडीबाट कार चोर्ने ३ जना पक्राउ परेका छन् । आइतबार बिहान हराएको कार खोजी गर्ने क्रममा प्रहरीले सो कार र लागुऔषध सहित ३ जनालाई हिंजो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका–३ का ३६ वर्षीय सुरज गुरुङ, केरावारी–१० का २५ वर्षीय तेजकुमार मगर र केराबारी–७ का २६ वर्षीय नगेन्द्र लिम्बू रहेका छन् ।
मोरङ बेलबारी–३ का ४३ वर्षीय रिक्तमान गुरुङले बेलबारी–१ सिनेमा हल अगाडी पार्किङ गरी राखेको अवस्थामा प्रदेश ३–०१–०२५ च ९७५० नम्बरको कार हराएको थियो । कार हराएको उजुरी बेलबारी प्रहरीमा दिएको आधारमा भएको खोजीका क्रममा कार सुन्दरहरैंचा नगरपालिका–७ विश्वकर्मा मन्दिरबाट फेला परेको थियो ।
कार फेला परेसँगै कारमा लागुऔषध डाइजेपाम ११ एम्पुल, एभिल ९ एम्पुल, फेनेर्गान १० एम्पुल र लुपिजेसिक १० एम्पुल गरि ४० एम्पुल पनि बरामद भएको छ । पक्राउ परेका तीनै जनाको विषयमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

