लोड हुँदैछ...

मेनु

झापामा जुत्ता उद्योगमा आगलागी : आठ करोड बढिको क्षति

झापामा जुत्ता उद्योगमा आगलागी : आठ करोड बढिको क्षति

विराटनगर । झापामा रहेको एक जुत्ता उद्योगमा गएराति आगलागी हुँदा आठ करोड बढिको क्षति भएको छ ।

आगलागि हुँदा मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा जलेर नष्ट भएको हो ।

उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो । ११ वटा आगो निभाउने यन्त्र प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रवक्ता वसन्त पाठकले बताए ।

पाठका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पाँच घण्टापछि मात्रै आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।