विराटनगर ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–१० निवासी ५८ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिएका छन् ।

गत माघ १३ गते उनलाई कोरोना संक्रमण पुष्टि भइ १६ गते अस्पताल भर्ना भएका थिए । उनको आज बिहान कोभिड अस्पतालमा निधन भएको अस्पतालको भनाइ छ । कोरोनाको खोप समेत लगाएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको पोखरेलले जानकारी दिए ।