विराटनगर । विराटनगरमा प्रकाशित हाम्रोमत दैनिक प्रेस काउन्सिल नेपालको वर्गिकरणमा लगातार ‘क’ बर्गमा पर्दै आएको छ ।
नेपाली मिडियाको मूल्यांकन गर्ने निकाय प्रेस काउन्सिल नेपालले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को नतिजामा हाम्रोमत ‘क’ वर्गमा परेको हो ।
पूर्वेली जनसंचार सहकारी संस्थाद्वारा प्रकाशित हाम्रोमत दैनिक (जनविद्रोह दैनिककको परिवर्तित नाम) सुरुवातबाटै ‘क’ वर्गमा परेको छ । २०६५ सालमा पहिलो पटक वर्गिकरणको आवेदन दिएको यस दैनिक सोहि वर्षबाट लगातार ‘क’ वर्षमा पर्दैै आएको प्रदेश १ कै अग्रणी दैनिक हो ।
पत्रपत्रिकाको विश्वसनीयता, सामाग्रीको स्तरीयता, छपाईको प्रति, वितरण क्षेत्र, आचारसंहिताको पालनासहितका सुचकांकका आधारमा काउन्सिलले मूल्यांकन गरि क, ख, ग र घ वर्गमा बर्गिकरण गर्दै आएको छ । तोकिएको सुचकांकमा आवश्यक अंक प्राप्त नगर्ने संचार माध्यम भने बर्गिकरण प्रक्रियामै सहभागी हुँदैनन् ।
सरकारले वर्गिकरणमा परेका पत्रपत्रिकालाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने गरेको छ भने सरकारी विज्ञापनमा पनि उनीहरुलाई प्राथमिकता दिने गरिएको छ ।


