लोड हुँदैछ...

मेनु

विभिन्न घटनामा ४ जनाको मृत्यु

विभिन्न घटनामा ४ जनाको मृत्यु

विराटनगर । झापा, उदयपुर र मोरङमा भएको विभिन्न दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

शनिबार दिउसो सवा १२ बजे झापा कन्काई नगरपालिका ७ कप्तानलुङ स्थितमा आफ्नै घर अगाडि पार्किङ गरि राखेको मे १ त ७५४९ नम्बरको ट्याक्टर बालकृष्ण दुलाले आफैले स्टार्ट गरी अगाडि बढाउने क्रममा ट्याक्टर मुनि खेलि रहेकी उनकै २ वर्षीया छोरी आरोषि दुलालको मृत्यु भएको छ ।

यसैगरी शनिबार बेलुका ८ बजे उदयपुर त्रियुगा नगरपालिका १ रुपनी स्थितमा स १ त ४२९३ नम्बरको ट्याक्टर पल्टी दुर्घटना हुँदा सवार ३ जना घाईते भएका थिए । घाईतेमध्ये त्रियुगा नगरपालिका १ का १० वर्षीय नितेष चौधरीको मृत्यु भएको छ ।

यसैगरी मोरङ र झापाको दुई छुट्टा छुट्टै स्थानमा लडेर २ जनाको मृत्यु भएको छ । हिजो दिउसो सवा १२ बजे मोरङ मिक्लाजुङ गाउँपालिका ४ दैत्य स्थित सिरान जंगलमा खिरीको रुखमा चढी घाँस काट्ने क्रममा सोही स्थानका ४८ वर्षीय धन ब. बिश्वकर्माको लडेर मृत्यु भएको छ । यसैगरी हिजै साढे १ बजे झापा मेचिनगर नगरपालिका ३ दुधे गोलाटारका ४२ वर्षीय मेघेन्द्र बिक सोही स्थानमा रहेको लाम्पातेको रुखको हागा झार्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।