विराटनगर । मोरङको बेलबारी नगरपालिका–९ डाँगा बजारका ३५ वर्षीय जय बहादुर खत्रीलाई आफ्नै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
खत्रीले आफ्नै बुबा ८० वर्षीय दलबहादुर खत्रीको घाँटी थिचेर बुधवार राती साँढे १० बजे हत्या गरेको प्रहरीको भनाइ छ । मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायसी विषयमा बुबासँग वादविवाद गरेको र वादविवादकै क्रममा रिसको आवेगमा घाँटी थिच्दा दल बहादुरको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

