विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद दुईवटा खाल्डामध्ये एउटामा पुरुषको शव फेला परेको छ । अर्को खाल्डोमा प्रहरीले उत्खनन गर्दैछ ।
बुधबार उखु काट्न पुगेका किसानले उखुबारी भित्र खाल्डो खनेर पुरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही दिन बेलुका उत्खनन् गरेको प्रहरीले अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको हो ।


