लोड हुँदैछ...

मेनु

हात्तीको आक्रमणमा परी मृत्यु

हात्तीको आक्रमणमा परी मृत्यु

झापा । झापाको दमक नगरपालिका–३ का ६३ वर्षीय गणेशप्रसाद अधिकारीको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ ।

हिजो राती सवा ९ बजे अधिकारी खेतमा पानी लागाउन जाँदै गरेको अवस्थामा दमक–३ स्थित हुम्सेदुम्से सामुदायीक वनबाट आएको जंगली हात्तीले आक्रमण गरी लछारपछार पार्दा अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटी मृतक शवको कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।