विराटनगर । स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख महेशकुमार खत्रीलाई विदाई गरिएको छ । खत्री ६३ वर्षको उमेरहदका कारण अनिवार्य अवकासमा परेका थिए । क्याम्पसले मङ्गलबार एक कार्यक्रम खत्रीको विदाइ गरेको हो ।
पूविविका मानविकी, कला तथा शिक्षा संकायका डीन प्राध्यापक डाक्टर अनिलकुमार पोखरेलको प्रमुख आतिथ्यता, पूविविका पूर्व डीन प्राध्यापक डाक्टर खगेन्द्र आचार्य तथा क्याम्पस प्रमुख जयरानारायण श्रेष्ठ तथा सहकायक प्रमुख राम ढुंगेलले दोसल्ला र माला लगाएर विदाइ गरे ।
कार्यक्रममा प्राध्यापक संघका अध्यक्ष प्राध्यापक डाक्टर टुनराज भट्टराई, प्राडा राजुराम थापा, प्राडा शिवकुमार राईसहित हाल अमेरिकामा रहेका प्राडा रमेशप्रसाद अधिकारी र क्याम्पसका पूर्व प्रमुख डाक्टर मनोजकुमार राउतसमेत जुममार्फत सहभागी थिए ।
कार्यक्रममा वक्ताहरूले क्याम्पस प्रमुखको आगामी दिनमा अझै प्रगतिको आशा गरेका थिए । वक्ताहरुले क्याम्पसका प्राध्यापक, कर्मचारीहरूको चाहना स्नातकोत्तर क्याम्पस मै योग्य प्राध्यापक हुँदाहुँदै अन्यत्रबाट ल्याउने परम्परा बन्द हुनुपर्नेमा जोड दिँदै पूरा अवधि बाँकी रहेका व्यक्तिलाई नै क्याम्पस प्रमुख बनाए स्वागत गर्न पाउनुपर्नेमा जोड दिएका थिए ।