श्रीमतीको हत्या गरी घरभित्रै पुर्ने पक्राउ

धनकुटा । धनकुटा नगरपालिका–४ छारागाँउका ५५ वर्षीय सिताराम श्रेष्ठ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

गत पुस १६ गते बेलुका ५ बजे धनकुटा ४ कि ५५ वर्षीया सीता श्रेष्ठ हराएकी थिइन् । हराएकी सीताको खोजी गर्नुको साटो श्रीमान् सितारामसमेत वेपत्ता भएका थिए ।

वेपत्ता भएका सिताराम श्रेष्ठलाई काठमाडौबाट आइतबार पक्राउ गरेको थियो । श्रेष्ठ पक्राउ परेसँगै सोधपुछको क्रममा श्रीमतीलाई आफैंले हत्या गरेर घरभित्र नै गाडेको बयान दिएका थिए । उनको बयानको आधारमा घरभित्र खन्दा गर्दा सीता श्रेष्ठको शव फेला परेको थियो । प्रहरीले श्रेष्ठलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मङ्गलबार, ११ माघ, २०७८, दिउँसोको ०३:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर