विराटनगर । खोटाङको दिक्तेल निवासी मोरङको सुन्दरहरैंचास्थित आफन्तकोमा बस्दै आएकी ३१ वर्षीया महिलाले इटहरीस्थित एक स्वास्थ्यकर्मीको घरमा घरेलु कामदारको रूपमा काम सुरु गरेको हप्ता दिन मात्रै भएको थियो ।
नियमित काम सकेपछि उनी इहटरीदेखि शुक्रबार दिउँसो ३ बजेतिर गछियास्थित बहिनीको घर जाँदै थिइन् । बहिनीको घर नपुग्दै प्रदेश २–०१–००१ च २२७ नम्बरको मारुती भ्यानमा तीन जना आइपुग्छन् । गाडीमा रहेका तीन मध्ये एक जनाले बहिनीको घर पु¥याइदिने भनी गाडीमा राखेर लैजान्छन् । तर, झुक्याएर जंगलबाट घुमाएर होटलमा पु¥याउँछन् । महिलालाई अपहरण शैलीमा सुन्दरहरैंचा ४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजमा पु¥याएका उनीहरुले रातभर सामूहिक बलात्कार गर्छन् ।
माथि वर्णित घटना कुनै फिल्मी दृश्य होइन । मोरङ सुन्दरहरैंचाको यो घटना यस्तो बेलामा बाहिरिएको छ, जतिबेला मोरङमा यौन अपराधको घटना ह्वात्तै बढेको तथ्यांक सार्वजनिक भइरहेको छ ।
महिलाको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले सुन्दरहरैंचा नगरपालिका–४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २५ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जना फरार रहेका छन् । उनको पनि खोजीकार्य भइरहेको मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारूङले जानकारी दिए ।
होटलको एउटा कोठामा थुनेर रातभर महिलालाई तीन जनाले पालैपालो बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । अत्यधिक रक्तस्रावका कारण पीडितको अवस्था गम्भीर छ । सामूहिक बलात्कारको शिकार बनेकी मोरङ सुन्दरहरैचाकी महिला विराटनगरस्थित कोशी अस्पतालको उपचार कक्षमा गम्भीर अवस्थामा छिन् । बलात्कारको शिकार बनेकी उनी यतिबेला जीवन मरणको दोसाँधमा अस्पतालको शैय्यामा छटपटाइ रहेकी छिन् ।

उनी राम्ररी बोल्न सक्दिनन् । उनलाई कोसी अस्पतालमा भर्ना गरिएको छ । सामूहिक बलात्कारको शिकार बनेकी उनलाई अर्धचेत अवस्थमा भेटिएको बावुले बताए । ‘योनीदेखि रगत बगेको थियो । शरिरभरी चोटपटक लागेको छ,’ छोरीको कुरुवा बसेका बावुले भने, ‘छोरीको अवस्था अहिले पनि चिन्ताजनक छ ।’ उनी रुने कराउने, चिच्याउने र घरीघरी बेहोस हुने गर्छिन् । छोरीलाई गरेको आक्रमणको चोटपटक अहिले पनि शरिरभरी छ । उनको जीउभरी निलडामहरु छन् । रातभरको पीडाले छोरी बेहोस थिइन् । कोठा र ओछ्यान रक्ताम्य थियो । कोठामा लडिरहेकी थिइन् । उपचारमा ल्याउने क्रममा रगतले गाडीको सिट नै रक्ताम्य भएको थियो । बलात्कारमा संलग्नले घटना सार्वजनिक गरेमा मारिदिनेसम्मको धम्की दिएको पीडितको गुनासो छ । बिहान ८ बजेतिर ब्युँझिएपछि उनले होटलमा राखेर बलात्कार गरेको भनेपछि घटना बाहिर आएको हो ।
वलात्कृत महिलाको आर्थिक अवस्था ज्यादै नाजुक भएकोले औषधि उपचार गर्न समेत नसकेको पीडितका आफन्तले बताएका छन् । अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रिभा केसीले रक्तस्राव रोक्ने प्रयास जारी रहेको बताइन् । ‘रक्तस्राव अत्यधिक भइरहेको छ । रगत धेरै बगेका कारण रक्तचाप पनि निकै कम भएर गयो,’ उनले भनिन्, ‘पीडितको उपचारमा कुनै कमजोरी हुन नदिन सक्दो प्रयास गरिरहेका छौं । अवस्था निक्कै गम्भीर छ ।’
डा. केसीका अनुसार पीडित महिलाको यौन अंग क्षतिविक्षत छ । शरीरका विभिन्न भागमा पनि चोटपटक छ । ‘यौनअंगमा ठूलो असर पुगेका कारण सिलाइ गर्नुपर्ने हुन सक्छ,’ उनले भनिन्, ‘अरू थप समस्याका विषयमा परीक्षण गरेर रिपोर्ट आइसकेपछि मात्रै थाहा हुन्छ ।’ पीडितका २ छोरा र २ छोरी छन् । केही दिनदेखि बहिनीकोमा उनीहरु बस्दै आएका थिए ।
खानेकुरा खाएपछि केही थाहा भएन
विभिन्न ठाउँमा घुमाउँदै ती तीन युवाले साँझ ७ बजेतिर मलाई होटलमा पु्र्याएका थिए । एकछिनमा बहिनीको घर पुर्याइदिन्छु भन्दै केही खान दिएका थिए । उनीहरुले दिएको बस्तु खाएपछि बेहोस भइछु ।
बेहोस बनाउने वस्तु खान दिएपछि होसमा आउँदा होटलको दुई तलामाथि कोठा थिए । कोठामा लगेर तीन जनाले नै पालैपालो बलात्कार गरे । सुरुमा गाडीमा राखेर लैजाने युवकले, पछि अर्जुन र सुरजले बलात्कार गरेका थिए । होटलमा मलाइ पु¥याएपछि बाहिरबाट गेट र ढोका बन्द गरे । सुरूमा गाडीमा लैजाने युवाले र त्यसपछि अर्जुनले गरेर गएपछि उसको भाइ सुरज आयो । मैले प्रतिकार गर्न खोज्दा त्यसबेलामा म माथि आक्रमण गरेपछि त्यसपछि पुरै बेहोस भएछु ।
पटक पटक बलात्कार गरेपछि पीडा भएपछि मध्यराति १२ बजेतिर चिच्याएँ पनि । प्रतिकार गर्दा एक जनाको लिंङगमा लात्तले हानिदिएँ । त्यसपछि आक्रोशित भएका लामो कपाल हुनेले मेरो यौनांगभित्र हात घुसाए । त्यसपछि योनी क्षतविक्षत भएर रगत बग्यो । अहिले पनि रगत बगिरहेको छ ।
(अस्पतालको शैय्यामा रहेकी पीडित महिलाको बयान )

