दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान

इटहरी । इटहरी उपमहानगरपालिकाले क्याम्पस पढने दलित समूदायका विद्यार्थीलाई दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान गरेको छ ।

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले प्रति विद्यार्थी २४ सयका दरले आज ३८ जना विद्यार्थीलाई प्रोत्साहन प्रदान गरिन् । उपमहानगरपालिकाले ६१ जना दलित विद्यार्थीका लागि एक लाख पचास हजार प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम अन्र्तगत आज ३८ जनालाई प्रदान गरिएको हो । अन्यलाई केही दिनपछि प्रदान गरिने बताइएको छ ।

दलित समूदायका विद्यार्थीलाई उच्च शिक्षा अध्यनका लागि प्रोत्साहन प्रदान गरिने उपप्रमुख गौतमले बताइन् । यो वर्ष ६१ जना विद्यार्थीले प्रोत्साहनका लागि आवेदन दिएका थिए । उपप्रमुख गौतमले उपमहानगरपालिकाले निःशुल्क संचालन गर्ने लोकसेवा तयारी कक्षामा भाग लिन समेत विद्यार्थीहरुलाई आग्रह गरिन् ।

आइतबार, ०९ माघ, २०७८, दिउँसोको ०४:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर